काठमाण्डौ । एनआईबीएल एस क्यापिटलले ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन गर्दै आएको छ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आइरहेको विभिन्न सेवाहरुमध्ये लगानी व्यवस्थापन सेवाको सुरुआत २०७१ सालदेखि हुँदै आएको छ। दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आइरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा १ हजार १०० भन्दा बढी ग्राहक आबद्ध हुनुका साथै ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन हुँदै आइरहेको क्यापिटलले जनाएको छ।
एनआईबीएल एस क्यापिटलले विगत ८ वर्षअघिदेखि सुरुआत गरेको यस सेवाअन्तर्गत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकले कम्पनीप्रति देखाएको विश्वास र यस सेवामा आबद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकको हितलाई नै सर्वोपरी ठानी कार्य गर्ने कुशल लगानी व्यवस्थापकहरुका कारण यो ४ अर्बको आकारको कोशेढुंगा प्राप्त गर्न कम्पनी सफल भएको छ।
आगामी दिनमा पनि लगानीकर्ताको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने क्यापिटलले जनाएको छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago