काठमाण्डौ । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ। 

समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो। 

ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आईसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ। उक्त आईसर्भभित्र सेवाग्राहीले आफ्नो यस बैंकमा रहेको खातासम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपश्चात डेबिट कार्ड आवेदको प्रक्रिया अगाडि बढ्नेछ र त्यसपश्चात ग्राहकले इन्स्ट्यान्ट कार्ड वा नेम इम्बोस्ड कार्ड तथा आफूलाई पायक पर्ने शाखा छनोट गर्न मिल्ने विकल्प राखिएको छ। यस प्रक्रियाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रिफ्रेन्स कोडसहित जानकारी गराइनेछ। 

ग्राहकको आवेदनअनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्थासमेत गरेको छ। उक्त रिफ्रेन्स कोडसहित सेवाग्राही सीधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउन्टरमार्फत आफूले अनुरोध गर्नुभएको डेबिट कार्ड प्राप्त गर्न सक्नेछन्। बैंकले ल्याएको यस अनलाइन डेबिट कार्ड अनुरोध सुविधाले काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ। त्यसैले डिजिटल युगको बेलामा जतिसक्दो सहज सेवाका लागि बैंकले ल्याएको यस सुविधाको भरपुर लाभ उठाउनुहुन बैंक सम्बन्धित ग्राहकसामु हार्दिक आह्वान गर्दछ।

ग्राहकलाई विभिन्न अनलाइन सुविधाहरू एकै स्थानबाट प्रदान गर्दै आएको आईसर्भ डिजिटल सेवा (जततउकस्ररष्कभचखभ।लष्अबकष्बदबलप।अयm) लाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको छ। डिजिटल बैंकिङको सुनौलो अनुभवका लागि बैंकले हाल आएर आईसर्भलाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ग्राहकसामु ल्याएको छ। यसमार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने), ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर) र डेबिट कार्डसम्बन्धी सेवा (ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन) प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। 

यसका अलावा बैंकले आफूलाई पूर्ण रुपले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप निकट भविष्यमा सम्पूर्ण बैंकिङ सुविधा आईसर्भमार्फत गर्ने लक्ष्य लिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्यूनीकरण गर्नका लागि बैंकले पछिल्लोपटक अनलाइनमार्फत बैंकिङ सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ। 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३९ शाखा कार्यालय, ४७१ एटिएम, ८८ वटा विस्तारित काउन्टर एवं ७८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। २२ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।