काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया ग्रोथ फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) माघ महिनामा बढेर १६.३१ रुपैयाँ पुगेको छ। 

यो म्युचुअल फन्डको न्याभ पुसको तुलनामा १.४१ रुपैयाँले बढेको हो। गत पुसमा न्याभ १४.९ रुपैयाँ रहेको छ। 

यो फन्डले माघसम्म सूचीकृत कम्पनीका सेयरमा पनि लगानी बढाएर ९८ करोड ९१ लाख रुपैयाँ बढी पुर्याएको छ। पुससम्म फन्डले सेयरमा ८६ करोड ७० लाख रुपैयाँ लगानी गरेको थियो। त्यस्तै ऋणपत्रमा यो फन्डले २ करोड रुपैयाँ लगानी गरेको छ। 

यसैगरी माघसम्म सूचीकृत नभएका सेयरमा पनि यो फन्डबाट ८ करोड ७४ लाख रुपैयाँ बढी लगानी भएको छ। मुद्दति निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ रहेको छ। 

फन्डले माघसम्म कुल १ अर्ब १८ करोड रुपैयाँ बढी लगानी गरेको छ। गत पुससम्म १ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको थियो। 

माघमा यो फन्डले ५२ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत पुसमा नाफा ४० करोड ६९ लाख रुपैयाँ रहेको थियो। 

एनआईसी एसिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेका सातवर्षे यो योजनाले २३ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ९ वटा जलविद्युत् कम्पनी, १४ वटा लघुवित्त, ७ वटा जीवन बीमा कम्पनी, १२ वटा निर्जीवन बीमा कम्पनी, ३ वटा म्युचुअल फन्ड, एउटा होटेल र अन्य समूहका ४ वटा कम्पनीमा लगानी गरेको छ।