काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले नेसनल लाइफ इन्स्योरन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज सोमबारबाट लिलामीमा राखेको छ। 

बैंकले नेसनल लाइफको कुल २५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४९२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताहरुले बोलकबोल गर्दा न्यूनतम १०० र अधिकतममा सेयर संख्याका लागि कुनै पनि हद नलाग्ने बताइएको छ। बोलपत्र पेस गर्ने अन्तिम म्याद फागुन २३ गतेसम्म तोकिएको छ। 

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा एनआईसी एसिया बैंकका काठमाण्डौ थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय तथा बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा महेन्द्रपुल, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा पेस गर्न सकिनेछ।