काठमाण्डौ । एनआईसी एसिया बैंकले दुई कम्पनीमा रहेको आफ्नो स्वामित्वमा रहेको १ लाख बढी कित्ता संस्थापक सेयर आज सोमबारबाट लिलामीमा राखेको छ।

बैंकले नेसनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषमा रहेको कुल १ लाख ५ हजार ८६६ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा नेसनल लाइफको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेका छन्।

लिलामी सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको नेसनल लाइफ न्यूनतम मूल्य प्रतिकित्ता ४६६ रुपैयाँ र नागरिक लगानी कोषको १ हजार ५२९ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल र एनआईसी एसिया बैंकको काठमाण्डौको थापाथलीस्थित कर्पोरेट टावर तथा शाखाहरु विराटनगर, वीरगनज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति चैत ३१ गतेसम्म तोकिएको छ।