काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छन्। 

नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ भदौ ३१ गतेको निर्णयबाट सिफारिस भएअनुसार २०७६ असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा २०७७ चैत २७ गतेमा राष्ट्रपतिको कार्यालय, महाराजगन्जमा आयोजित सुशोभन समारोहका बीच सीईओ न्यौपानेलाई राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको हो । साथै, सोही विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी छन्।

यस सुखद अवसरमा सीईओ न्यौपाने र सहायक महाप्रबन्धक खड्कालाई सम्पूर्ण बैंक परिवारले हार्दिक बधाइ ज्ञापन गर्दै बैंकका तर्फबाट राष्ट्रपति भण्डारी तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञतासमेत जाहेर गरेको छ।