काठमाण्डौ । नयाँ वर्षका अवसरमा एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ता (क्यासब्याक) योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत सस्तोडिल, ग्यापु मार्केट प्लेस र स्टपग्र्याबबाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्री खरिद गरी बैंकका ग्राहकले ई–कमर्समार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म नगद रकम फिर्ता प्राप्त गर्न सक्नेछन्। साथै, बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकलाई ई–कमर्समार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुटको योजनासमेत ल्याएको छ । 

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकरूलाई प्रोत्साहन गर्नका लागि ती ई–कमर्स कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइटमा रहेको आईसर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्ने बैंकले जनाएको छ। 

यसका साथै बैंकले Kathmandu Marriott Hotel र Drishya Loungeमा न्यु इअर इभका दिन सेवा लिई बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजनासमेत ल्याएको छ । बैंकले म्युजिक नेपालसँग सहकार्य गरी MOMO App मार्फत NICASIA2078 कुपन कोड प्रयोग गरी आफ्नो ग्राहकका लागि निःशुल्क रुपमा एक महिनाका लागि सब्सक्रिप्सन हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ । 

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।