काठमाण्डौ । दुई कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर एनआईसी एसिया बैंक लिमिटेडले आज आइतबारबाट लिलामीमा राखेको छ। 

बैंकले नेसनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषमा रहेको आफ्नो स्वामित्वको कुल ९७ हजार ७०६ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा नेसनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ।

लिलाीमा राखिएको नेसनल लाइफको न्यूनतम प्रतिकित्ता ४६३ रुपैयाँ र नागरिक लगानी कोषको १ हजार ४५५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यी दुवै कम्पनीको लिलामी सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालय वा एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगनज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम दिन यही वैशाख १० गतेसम्म तोकिएको छ।