काठमाण्डौ। एनआईसी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बिमा रकम जनही रू. १० लाखका दरले दुईजना ग्राहकलाई भुक्तानी गरेको छ। 

सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्यचौकीमा कार्यरत बुटवलनिवासी ४४ वर्षीया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकोमा सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधाअनुरुप उनका पति जवीनप्रसाद कक्षपतिको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त गरेको हो। सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्नुभएका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षिया बिनबहादुर वर्मालाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको छ। 
उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो। 

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ। यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू. १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरूसमेत ग्राहकले पाउन सक्छन्। 

बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४४५ जनाभन्दा बढी ग्राहकरूले बीमाबापतको रू. २ करोड ९० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन्। यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकले विश्वास लिएको छ।

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत २२ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।