काठमाण्डौ । कोरोना महामारीबीच जारी निषेधाज्ञामा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, MoBank गरौँ’ योजना सार्वजनिक गरेकोे छ । 

बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताका आधारमा आफ्नो बैंकिङ अभ्यास गर्दै ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । यस योजनाअनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (NIC ASIA MoBank) एप प्रयोगकर्ताले इन्टरनेट, टेलिभिजन, खानेपानीलगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम रु. १०० नगद फिर्ता (क्यासब्याक) प्राप्त गर्न सक्नेछन्। त्यस्तै यस योजनाअन्तर्गत एकजना ग्राहकले योजना अवधिभर अधिकतम रु. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

यो योजना जेठ २ देखि जेठ ३१ सम्म लागू हुनेछ ।

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत आफ्ना २२ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।