काठमाण्डौ। एनआईसी एशिया बैंकले आमजनमानसलाई घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिताअन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापा आइफोन–१२ जित्न सफल भएकी छन्। 

गत जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन्। उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाइन खाताको स्टेप १ देखि Submitted सम्मको प्रक्रिया देखिने गरी Screenshot सेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने, उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गरेपश्चात यस प्रतियोगितामा सहभागी भएका थिए। 

प्रतियोगिता अवधिभर कम समयमा अनलाइन खाता खोल्ने शीर्ष–१० सहभागीले स्मार्टवाच जित्न सफल भएका छन्। जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाण्डौका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, कीर्तिपुरकी सीता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की छन्। 

यसका साथै प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाइन खाता खोल्दै पहिलो साता काठमाण्डौकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाण्डौकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता वीरगन्जकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन्। 

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजारभन्दा बढीले खाता खोलेकोमा १५८ जनाले मात्रै प्रतियोगितामा सहभागी जनाएका थिए। जसमा विजेता बनेका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्डदेखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलपूर्वक अनलाइन खाता खोलेका थिए। 

प्रतियोगिताका सम्पूर्ण विजेताले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दाबी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकतासहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। 

डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन लक्ष्य लिएको एनआईसी एसिया बैंकले आमजनमानसलाई डिजिटल बैंकिङतर्फ डोर्याउनका लागि यस किसिमको प्रबद्र्धनात्मक प्रतियोगिता गरेको थियो। यस प्रतियोगितामा भएको उत्साहजनक सहभागीताबाट आमजनमानसमा बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया सहज र सरल रहेको स्थापित भएको छ भने ग्राहकलाई खाता खोल्नकै लागि शाखा कार्यालयसम्म धाउनुपर्ने अवस्थाबाट समेत छुटकारा मिलेको छ। 

यसका साथै गत जेठ २३ देखि असार १९ सम्म सञ्चालन गरेको YouTuber हरूलाई लक्षित गरी सञ्चालन गरिएको ‘सहज रुपमा अनलाइन खाता प्रक्रिया’ बारे ‘Video Challenge’ को नतिजा बैंकले निकट भविष्यमा सार्वजनिक गर्नेछ।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७१ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।