काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभाका लागि तय गरेको बुक क्लोजको मिति संशोधन गरेको छ। 

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको छ। सोही बैठकले वार्षिक साधारणसभा प्रयोजनका लागि यही कात्तिक २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो। 

संस्थाद्वारा आज प्रकाशित सूचनामा भने बुक क्लोजको मिति संशोधन गर्दै कात्तिक २३ गतेबाट मंसिर ५ गतेसम्म बुक क्लोज गरिने जानकारी गराइएको छ। यसको अर्थ सभामा भाग लिन कात्तिक २२ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ।

सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.४१ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।