काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘रिडर्स टु राइडर्स अ ट्रान्सफर्मेसन जर्नी’ प्रदेशस्तरीय व्यवस्थापन, शाखा व्यवस्थापन तथा जोखिम व्यवस्थापन विषयमा शाखा प्रबन्धकलगायत विभिन्न प्रदेश तथा उप्रदेशका विभिन्न कर्मचारीलाई तालिम तथा कार्यशाखा गोष्ठी सञ्चालन गरेको छ। 

संस्थाले मंसिर २८ गते सदूरपश्चिम प्रदेशमा, मंसिर २९ गते गण्डकी प्रदेशमा र बागमती प्रदेश र पुस २ गते लुम्बिनी प्रदेशको विभिन्न स्थानमा तालिम तथा गोष्ठी सम्पन्न गरेको हो। ती कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष कपिल ढकाल, सञ्चालक समितिका सदस्य तथा जोखिम व्यवस्थापन समिति संयोजक प्रकाश बराल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख जोखिम अधिकृत विशाल उप्रेतीको प्रशिक्षण साथै सम्बन्धित प्रदेश प्रमुखहरु, प्रदेश उपप्रमुखहरु, कर्जा असुली प्रमुखहरु र शाखा प्रबन्धकहरुको उपस्थिति थियो। 

एकदिने ती कार्यक्रमहरुमा जोखिम व्यवस्थापन, जोखिम कम गर्ने विभिन्न रणनीति, ग्राहक छनोटमा ध्यान दिनुपर्ने कुरा, अनुशासन, नेतृत्वकर्तामा हुनुपर्ने गुण, लेखापरीक्षणको महत्व तथा प्रभावकारिता, ग्राहक सदस्यता फारम (केवाईसी) को महत्व, गुणस्तरीय कर्जा लगानी, उद्यमशीलता विकासका साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक नीति, नियम तथा निर्णयका बारेमा प्रशिक्षण साथै छलफल गरिएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले कर्मचारीले हालसम्म गरेका कामहरुले नै संस्थाले विभिन्न परिसूचकमा नं. १ बन्ने छलाङ मार्न सफल भएको बताए। कर्मचारीहरुलाई विशेष अनुशासनमा रहेर सेवाग्राहीमा सेवा दिन र विपन्न तथा पिछडिएका वर्गहरुमा वित्तीय पहुँच र डिजिटल पहुँचमा महिलावर्गको सहभागिता पनि लघुवित्तकर्मीको काँधमा रहेको उल्लेख गर्दै उनले अगामी दिनमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए। 

कार्यक्रममा संस्थाको जोखिम व्यवस्थापन समिति संयोजक बरालले दीर्घकालीन व्यवसाय वृद्धिका लागि सबैजना अनुशासित, मेहनती तथा दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए। उनले लघुवित्त क्षेत्रमा देखिएका विभिन्न सञ्चालन तथा कर्जा जोखिमा बारेमा सहभागीहरुलाई थप जानकारी दिँदै यस्ता जोखिमहरु न्यूनीकरण गर्न चाल्नुपर्ने अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरुबारेमा प्रशिक्षित गराएका थिए। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत चालिसेले लघुवित्त क्षेत्रमा बढ्दै गएको विभिन्न समस्या तथा चुनौतीहरुको चर्चा गर्दै कर्जा लगानी तथा कर्जा असुलीमा देखा परेका चुनैतीहरुको कसरी सामना गर्ने तथा सोलााई उचित व्यवसस्थापन गरी लघुवित्त क्षेत्रमा संस्थालाई कसरी सबैभन्दा उष्कृष्ट संस्थाका रुपमा एनआईसी एशिया लघुवित्तलाई कसरी देशकै सबैभन्दा ठूलो, सक्षम, सबल तथा सदस्यहरुमाझ लोकप्रिय बनाउने भन्नेमा सहभागीहरुलाई प्रशिक्षित गराएका थिए।