काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र सानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ।

संस्थाले बीमा दाबी रकमअन्तर्गत सेवाग्राही सदस्यहरु चन्द्रकलाका पति गंगाबहादुर लिम्बू र सानीका पति बनबहादुर धिमाललाई जनही रु. १० लाख ५० हजार र रु. १२ लाख ७५ हजार चेक रकम हस्तान्तरण गरेको हो।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको कर्मचारी, संस्थामा आबद्ध सदस्य तथा परिवारजनको उपस्थिति थियो।