काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड विभिन्न पदमा थुप्रै कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। 

बैंकले काठमाण्डौसहित देशभरका विभिन्न शाखाका लागि असिस्टेन्टदेखि सिनियर अफिसर पदसम्म कर्मचारी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो। 

बैंकले डिजिटल पार्टनरसिप, डिजटल एडोप्सन एन्ड च्यानल माइग्रेसन, इएफटी स्विच, वेबसाइट एन्ड च्याटबोट, स्विफ्ट, एक्सपिरियन्स म्यानेजमेन्ट डिपार्टमेन्ट, डिजिटल च्यानल सपोर्ट, डिजिटल सेल्स, बिजनेस प्रोसेस रिइन्जिनियरिङ, रिस्क म्यानेजमेन्ट, फाइनान्स, जनरल एडमिस्ट्रेसन एन्ड प्रोजेक्ट, लिगल इकोसिस्टम, क्रेडिट अपरेसन, इन्फर्मेसन टेक्नोलोजी, इन्स्टिच्युस्नल डिपोजिट, सेन्ट्रल रेमिट्यान्स, ट्रेड अपरेसन, इन्डिभिज्युअल डिपोजिट, ब्रान्डिङ कर्पोरेट एन्ड कम्युनिकेसन एन्ड सीएसआरजस्ता डिपार्टमेन्टमा कर्मचारीहरु पदपूर्ति गर्न लागेको हो। 

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति आउँदो फेब्रुअरी २ तारिखसम्म आवेदन दिनुपर्नेछ। 

थप जानकारी र आवेदन दिनका लागि बैंकको https://www.nicasiabank.com/current-vacancies मा गएर हेर्न सकिन्छ।