काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ। 

संस्थाको कुरिनटार शाखाले चेपाङ समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । केही दिनयता लगातार चिसो बढ्दा तथा सीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारको तथ्यांक संकलन गरेर न्यानो कपडा वितरण गरेको हो। 

देशव्यापी रुपमा समुदायस्तरमै गरिब तथा विपन्न परिवारको तथ्यांक संकलन गरेर चरणबद्ध रुपमा न्यानो कपडा उपलब्ध गराउने लक्ष्यसहित काम भइरहेको संस्थाले जानकारी दिएको छ। 

‘साथीसँगै, सबल बन्दै’ भन्ने मूल नाराका साथ छोटो समयमै लघुवित्त संस्थाहरुमध्ये अब्बल सेवा दिइरहेको एनआईसी एशिया लघुवित्तले समाजमा विभिन्नस्तरमा वित्तीय साक्षरता, सरफाई कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ।