काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको साउन १५ बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको ५५ प्रतिशत (करसहित)ले हुन आउने ११ करोड रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेछ। 

सोही सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।