काठमाण्डौ । के तपाइँले कुनै बैंकबाट डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिन चाहनुहुन्छ ? कुनै पनि बैंकबाट डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिनुभन्दा पहिले कति शुल्क बुझाउनुपर्छ भन्ने कुराको ख्याल गर्नु जरुरी हुन्छ।

डिम्याट खात खोल्न र सी–आस्बाको सेवा लिएबापत कुनै बैंकले केही शुल्क लिने गर्छन्। त्यसको तपाइँंलाई हेक्का नहुन पनि सक्छ। तर, कुनै बैंकले बिनाशुल्क यी सेवा तथा सुविधा उपलब्ध गराउने गरेका छन्। शुल्क नलिने बैंकमा खाता खोल्दा खुरुखुरु तपाइँको खाताबाट रकम काटिने सम्भावना हुँदैन। जसमा एनआईसी एशिया बैंकको योजनासमेत समावेश रहेको छ।

डिम्याट

धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासनमा लगानी गर्न डिम्याट खाता अनिवार्य गरेको छ। यद्यपि, कतिपयलाई डिम्याट खाता खोल्दा कति लाग्छ ? भन्ने जानकारी पनि नहुन सक्छ। सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ। यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ। 

आफुसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गरेपछि सेयर प्रमाणपत्रको कागज चाहिँदैन। उक्त सेयर त्यो बैंकमा रहेको डिम्याट खातामा जम्मा हुन्छ। यसो भएपछि सेयर खरीद बिक्री गर्न सहज हुन्छ, खरीदबिक्रीको राफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ। त्यसैले त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन। कतिपय बैंकले डिम्याट खाता खोल्न रु. ५० लिन्छन् भने खाता खोलेपछि वार्षिक शुल्क रु. १०० लिने गरेका छन्। तर, एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्दा ५ वर्षसम्म कुनै पनि शुल्क लाग्दैन्। 

सी–आस्बा

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटरका माध्यमबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी–आस्बा प्रणाली भनिन्छ। अहिले धेरैको जिज्ञासा सी–आस्बाबाट आईपीओमा आवेदन गर्दा बैंकले कति शुल्क लिन्छन् ? भन्ने हुन्छ। सी–आस्बाबाट आईपीओमा आवेदन दिएवापत बैंकहरुले फरक–फरक शुल्क लिने गरेका छन्। तर, एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्दा सो सेवा निःशुल्क रुपमा दिँदै आएको छ।

सी–आस्बा सेवाअन्तर्गत सुविधा दिँदा सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० रुपैयाँ शुल्क लिने गरेको छ। उक्त कम्पनीबाट आईपीओमा आवेदन दिएपिच्छे नै रु. १०० शुल्क लिएको गुनासो पनि आउने गरेको छ। यद्यपि, यो शुल्क प्रचलित नियमभित्र नै रहेको देखिन्छ। बाँकी अन्य बैंकले पनि रु. १० देखि रु. २५ सम्म यस्तो शुल्क लिने गरेको पाइन्छ।

पछिल्लो समय विभिन्न कम्पनीले जारी गर्ने आईपीओ प्रति सर्वसाधारणको आकर्षण उच्च रहेको छ। कतिपय बैंकहरुले भने आफ्ना ग्राकहहरुलाई सुविधा पुर्याउन र  बैंक प्रति आकर्षित गर्नका लागि निःशुल्क आस्बा सेवा दिंदै आएका छन्। सिडिएससीका अनुसार हाल डिम्याट खाता खोल्नेको संख्या करिब ५० लाख पुगेको छ। आईपीओमा उच्च संख्यामा आवेदन पर्न थालेसँगै निःशुल्क सेवा दिँदै आएका केही बैंकहरुले पनि ग्राहकबाट शुल्क लिन सुरु गरेका छन्। तर, एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्दा निःशुल्क आस्बा सुविधा पाउने गरेका छन्।

नेपाल धितोपत्र बोर्डले ल्याएको आस्बा निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा १०० रुपैयाँ लिन पाउने प्रावधान रहेको छ। बैंक तथा वित्तीय संस्थाले दरखास्त संकलन सुरुगर्नुभन्दा कम्तीमा तीन दिनअघि लिने शुल्कको बारेमा दैनिक पत्रिका वा कार्यालयको सूचना पाटीमा वा वेबसाइटमा सर्वसाधारणलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको छ।

तर, बैंकहरुले लिने शुल्क भने सार्वजनिक गर्ने गरेका भने छैनन्। उनीहरुको वेबसाइटमा कहीँकतै उल्लेख गरेको पनि देखिँदैन। यद्यपि कम्पनीहरुले यो शुल्क आईपीओ परे वा नपरे पनि आवेदन दिएपिच्छे नै ग्राहकको खाताबाट काट्ने गर्दछन्। तर, एनआईसी एशिया बैंकले भने त्यस्तो सुविधा दिएबापत कुनै शुल्क लिने गरेको छैन। आईपीओमा आवेदन दिँदा नै रकम काटिने व्यवस्थालाई परिवर्तन गरेर आईपीओ परेको खण्डमा शुल्क लिने र नपरेको खण्डमा शुल्क नलिने व्यवस्था ल्याउन लगानीकर्ताले माग गर्दै आएका छन्।

सर्वसाधारणको चाहनाअनुरुप एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्दा आईपीओ परे वा नपरे पनि कुनै शुल्क नलिने व्यवस्था गरेको छ। एनआईसी एशिया बैंकको यस्तो सुविधाले आईपीओमा लगानी गर्ने लगानीकर्ताले ठूलो राहत महसुस गरेका छन्।

सर्वश्रेष्ठ बचत तथा मुद्दति खाता

एनआईसी एशिया बैंकले जनतालाई नेपालकै सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले  नयाँ योजना ‘सर्वश्रेष्ठ बचत तथा मुद्दति खाता’ ल्याएको छ। यस बचत खाता योजनामार्फत उपलब्ध हुने सर्वाधिक उच्च ब्याजदर, रु. ८४ लाखसम्मका ३ बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु एवं विशेषताहरु रहेका छन्। 

यसका साथै, बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी–आस्बासहित ११.७९ लाखसम्मको निःशुल्क सुविधा पाइने व्यवस्था बैंकले गरेको छ।