काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्म गर्ने भएको छ। 

संस्थाद्वारा जारी सूचनामा उक्त आर्थिक वर्षको वार्षिक साधारणसभा पुस मसान्तसम्म गर्न नसकिने पनि जानकारी गराइएको छ। 

बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाइ भएको हुनाले उक्त आर्थिक वर्षको वार्षिक विवरणहरु नेपाल राष्ट्र बैंकमा पेस भई स्वीकृतिको प्रक्रियामा रहेको संस्थाले जनाएको छ। 

सोही कारणले वार्षिक साधारणसभा चैत मसान्तसम्म सम्पन्न गरिने संस्थाले जनाएको छ।