काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। 

फागुनमा सेलेक्ट–३० को न्याभ घटेर १०.१० रुपैयाँ कायम भएको छ। गत माघमा पनि न्याभ १०.२५ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ५१ करोड ७२ लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ४६ करोड १८ लाख रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल घाटा २ करोड ५७ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल घाटा १ करोड ६ लाख रुपैयाँ थियो।

यसैगरी फागुनमा डाइनामिक डेप्ट फन्डको न्याभ पनि सामान्य घटेर १०.५० रुपैयाँ कायम भएको छ। गत माघमा यो योजनाको न्याभ १०.७२ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४७ करोड ४० लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ४८ करोड ७२ लाख रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल नाफा २ करोड २ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल नाफा ३ करोड १८ लाख रुपैयाँ थियो।

फागुनमा ग्रोथ फन्डको न्याभ पनि घटेर ११.२५ रुपैयाँ कायम भएको छ। गत माघमा न्याभ ११.९५ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ८१ करोड ६८ लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ८७ करोड ५४ लाख रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल नाफा ९ करोड ४३ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल नाफा १५ करोड २२ लाख रुपैयाँ थियो।

यस्तै फागुनमा ब्यालेन्सड् फन्डको न्याभ घटेर १०.७३ रुपैयाँ कायम भएको छ। गत माघमा न्याभ ११.२६ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७२ करोड ९६ लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ७७ करोड १२ लाख रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल नाफा ४ करोड १० लाख रुपैयाँ रहेको छ। गत माघमा कुल नाफा ८ करोड १३ लाख रुपैयाँ थियो।