काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये आकर्षक प्रगति गरिरहेको एनआईसी एसिया बैंकले एकैपटक ठूलो संख्यामा ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। 

बैंकले सातै प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना शाखाका लागि ट्रेनी असिस्टेन्ट पदमा १५० जना कर्मचारी पदपूर्ति गर्न लागेको हो। यो इन्ट्री लेभलको पद हो। 

यो पदका लागि बिजनेस, फाइनान्स, म्यानेजमेन्ट वा अकाउन्टेन्सीमा कम्तीमा एसएलसीदेखि स्नातक तहसम्म ५० प्रतिशत वा सीजीपीए २.५ ल्याएको हुनुपर्नेछ। 

यस पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन्। दरखास्त दिने अन्तिम म्याद आउँदा मार्च ४ तारिखसम्म तोकिएको छ। 

इच्छुक उम्मेदवारले www.merojob.com/nicasiabank मा गएर अनलाइन दरखास्त दिनुपर्नेछ। 

छनोट भएका उम्मेदवारले बैंकले खटाएको देशका कुनै पनि शाखा कार्यालयमा काम गर्नुपर्नेछ। 

थप जानकारीका लागि तल हेर्नुहोस् –