काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर आज शुक्रबारदेखि लिलामीमा राखेको छ।

एनआईसी एसियाले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। इच्छुक लगानीकर्ताले असोज ९ गतेसम्ममा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम१० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ।