काठमाण्डौ । ग्राहकको आवश्यकता, चाहना र समयअनुरुप एनआईसी एशिया बैंक लिमिटेडले ‘डबल डिपोजिट’ योजना ल्याएको छ।

विभिन्न चमत्कारिक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजना सार्वजनिक गरेकोे हो। बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालीन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकका लागि यो योजना ल्याइएको जनाएको छ। 

यस योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ। यो योजनामा सहभागी हुनका लागि न्यूनतम रकम रु १० हजार रहेको छ।

‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकले दोब्बर रकम नै प्राप्त गर्ने बैंकले जनाएको छ। उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहक महानुभावहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ। 

यस योजनाअन्तर्गत ग्राहकले उक्त मुद्दति निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधासमेत लिन सकिने व्यवस्था रहेको छ। 

यस योजना दीर्घकालीन रुपमा लगानी गर्न इच्छुक ग्राहकका लागि स्वर्णीम अवसर बन्ने र ग्राहकको अहिलेको आवश्यताअनुसारको रहेको यस मुद्दति निक्षेप योजनालाई ग्राहकले रुचाउने विश्वास बैंकले लिएको छ। यस योजनाअन्तर्गत दीर्घकालीन लगानी गर्न इच्छुक ग्राहकले आफूलाई सहज हुने एनआईसी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्दति निक्षेप खाता खोली ‘डबल डिपोजिट’ को फाइदा लिन सक्नेछन्। 

मुलुकभर ३२७ शाखा कार्यालय, ४७० एटीएम, १०२ वटा एक्स्टेन्सन काउन्टर एवं ७३ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यो बैंकका हाल २२ लाखभन्दा बढी ग्राहक छन्।