काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन रहेको छ।

लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर १० गतेदेखि मंसिर २१ गतेसमम बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्र बैंकद्वारा प्रस्तावित लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन्।

गत कात्तिक २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको २३ औँ वार्षिक साधारणसभा मंसिर २१ गते थापाथलीस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले बैंकद्वारा गत वर्षको मुनाफाबाट प्रस्तावित १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश पारित गर्नेछ।