काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेको आईपीओमा मागको तुलनामा ५.२४ गुणा बढी आवेदन परेको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ४ लाख २८ हजार १५३ आवेदकबाट १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको हो । यो भनेको निश्कासन कित्ताको तुलनामा ५.२४ गुणाले बढी हो । 

यो कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता साधारण सेयरको बिक्री खुलाएको थियो । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म खरिद आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । आज आइपीओमा आवेदन दिने अन्तिम दिन थियो ।