काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो बिहीबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। जसमा २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर र ०.१५ प्रतिशतले हुने १६ लाख ९९ हजार २१ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनका लागि) रहेका छन्। 

प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारणसभा अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।