काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले यही माघ २५ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको सुकेधारास्थित अकामा होटेलमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांश चुक्तापुँजीको २.७५ प्रतिशतले हुने बोनस सेयर र बाँकी ०.१५ नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट ६ जना र सर्वसाधारण सेयरधनीहरुका लागि तर्फ ३ जना सञ्चालक (एक महिलासहित) निर्वाचन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही माघ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ११ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।