काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई बी एन्ड बी अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ। 

उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई फार्मेसीबाट औषधि खरिद गर्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७ प्रतिशत छुट उपलब्ध गराउने छ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र बी एन्ड बी अस्पतालका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन्। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको एनएमबि भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।
बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। एनएमबि बैंकले हाल देशभरि १८० शाखा, १३६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेका छ।