काठमाण्डौ। आउँदो बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ। 

यस घटस्थापनादेखि सीजी डिजिटल तथा एलजी शपी शोरुमहरुबाट LG, CG, Godrej TCL, Sensei, Kent, Elica & Black+Decor को समानको खरिदमा एनएमबिका तर्फबाट २०% देखि रु. १ हजार ५०० सम्मको क्यासब्याक सुविधा र तत्काल छुटका रुपमा २०% सम्मको छुट पाउन सक्नेछन्। 

यसका साथै आफ्ना ग्राहक तथा कर्मचारीका लागि सीजी इलेक्ट्रोनिक्सका सामान किस्ताबन्दीमा खरिद गर्न पाउने गरी सम्झौता गरेको छ। एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सीजी डिजिटल तथा एलजी शपी शोरुमबाट आफूलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन्। यसका लागि ग्राहकले सीजी डिजिटल तथा एलजी शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ। 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा ईमेल गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।