काठमाण्डौ । यसपालिकाको बडादसैँ, तिहार र छठ पर्वका अवसरमा एनएमबि बैंकले महाछुट अफर प्रस्तुत गरेको छ। 

यस घटस्थापनादेखि बिगमार्टबाट विभिन्न सामानको पोसमार्फतको हरेक खरिदमा १०% देखि रु. ३०० सम्मको क्यासब्याक सुविधा पाउन सक्नेछन। यो सुविधा सीमित अवधिका लागिमात्र उपलब्ध रहनेछ। 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा ई–मेल गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।