काठमाण्डौ । यसपालिको बडादसैँ, तिहार र छठ पर्वका अवसरमा एनएमबि बैंकले महाछुट अफर प्रस्तुत गरेको छ। 

यस घटस्थापना देखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तीमा रु. ३० हजारसम्मको खरिदमा फ्ल्याट रु. १ हजार ५०० क्यासब्याक सुविधा पाउन सक्नेछन्। यो सुविधा सीमित अवधिका लागिमात्र उपलब्ध रहनेछ। 

यसैगरी यस घटस्थापनादेखि एनएमबिका ग्राहकले आईएमएस र एचआईएम इन्टरनेसनलको स्टोरबाट इलेक्ट्रोनिक्स तथा विभिन्न सामानको कम्तीमा रु. २५ हजार ००० सम्मका खरिदमा फ्ल्याट रु. १ हजार क्यासब्याक सुविधा पाउन सक्नेछन्। यो सुविधा सीमित अवधिका लागिमात्र उपलब्ध रहनेछ। 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा ई–मेल गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।