काठमाण्डौ। ग्राहकले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको छ। 

उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबार जस्तै– दैनिक उपभोग्य बस्तु खरिद, विद्यायलको शुल्क, टपअपलगायतमा रु. २ हजार ५०० वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी गराइएको छ। 

एनएमबि बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ। एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो। 

भीकेवाईसीका लागि डिजिटल लिंक यस प्रकार रहेको छ–  https://vcc.nmb.com.np

‘एनएमबिले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुआत गर्दैछ। ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन्।

हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकका लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुका साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ। जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

एनएमबि बैंकले नेपालको मात्र होइन एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ। यसभन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।