काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि हाइब्रिड फन्ड एल–१, एनएमिब सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र एनएमबि सरल बचत फन्ड–इको वित्तीय विवरण सार्वजनिक भएको हो। कात्तिकमा तीनवटै योजनाको न्याभ बढेको छ।
कात्तिकमा एनएमबि हाइब्रिड फन्ड एल–१को न्याभ बढेर १०.६९ रुपैयाँ कायम भएको छ। गत असोजमा यो योजनाको न्याभ १०.६२ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत कात्तिकसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ९६ करोड ९४ लाख रुपैयाँ लगानी भएको छ। गत असोजसम्म यस्तो लगानी ९९ करोड ८१ लाख रुपैयाँ थियो।
कात्तिकमा यो योजनाको कुल व्यय ४ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल व्यय ५ करोड ७१ लाख रुपैयाँ थियो।
यसैगरी कात्तिकमा एनएमबि सरल बचत फन्ड–इको न्याभ पनि सामान्य बढेर ८.८४ रुपैयाँ कायम भएको छ। गत असोजमा न्याभ ८.६८ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत कात्तिकसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल ४८ करोड १४ लाख रुपैयाँ लगानी भएको छ। गत असोजसम्म यस्तो लगानी ४४ करोड १४ लाख रुपैयाँ थियो।
कात्तिकमा यो योजनाको कुल व्यय १ करोड ५८ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल व्यय २ करोड ५८ लाख रुपैयाँ थियो।
यसैगरी कात्तिकमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ बढेर १०.०२ रुपैयाँ कायम भएको छ। गत असोजमा न्याभ ९.९९ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत कात्तिकसम्म धितोपत्र र मुद्दति निक्षेपमा कुल २९ करोड ८६ लाख रुपैयाँ लगानी भएको छ। गत असोजसम्म यस्तो लगानी २४ करोड ५३ लाख रुपैयाँ थियो।
कात्तिकमा यो योजनाको कुल आय २६ लाख ८९ हजार रुपैयाँ रहेको छ। गत असोजमा कुल व्यय १७ लाख ३३ हजार रुपैयाँ थियो।
23 minutes ago
33 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago