काठमाण्डौ । एनएमबि बैंक लिमिटेडका ग्राहकले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन्।

एनएमबि बैंक र होटेल भिवान्ताबीच यस विषयमा सम्झौता भएको हो। एनएमबि बैंकका ग्राहकले होटेल भिवान्ताको प्राँगणमा रहेको मिन्ट र आकृति रेस्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशतम छुट प्राप्न गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इन्दिना राईले हस्ताक्षर गरेका छन्। 

एनएमबि बैंकले १८६ शाखा, ६ विस्तारित काउन्टर र १३५ एटीएममार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।