काठमाण्डौ । एनएमबि बैंक र आईएमएसबीच एनएमबि बैंकका ग्राहकहरुले स्यामसङ्गको मोबाईल एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।

यसपालिको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस भन्ने उद्देश्यसाथ आईएमएसले यो अभियान सुरु गरिएको बताइएको छ ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले स्यामसङ्ग मोबाईलको प्रत्येक खरिदमा १० प्रतिशत छुट वा रु १,००० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।