काठमाण्डौ । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भइसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एपमार्फत पनि खाता÷मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा सुरु गरेको छ। 

यो सेवाअन्तर्गत ग्राहकले चौबीसै घन्टा सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुने र डिपोजिट पनि तुरुन्तै हुने बैंकले जनाएको छ। बचत खाता एनएमबिको सोसल अनबोर्डिङअन्तर्गत खोलिनेछ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोबारका लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन रु. ५ हजारसम्म हुने व्यवस्था गरिएको छ।

ग्राहकले पहिलोपटकको कारोबारमा ई–एनएमबी एपका माध्यमबाट रु. ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फन्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषालगायत अन्य धेरै सुविधा प्राप्त गर्न सकिने जानकारी गराइएको छ।

डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको जनाएको छ। घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरु रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकको भनाइ छ। 

आफ्ना ग्राहकलाई बैंकिङ अनुभव परिष्कृत भएको महसुस गर्न चौबीसै घन्टा बचत खाता/मुद्दति निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘हालको परिप्रेक्ष्यमा यो सेवामार्पmत सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण योजना हो’, विज्ञप्तिमा उल्लेख छ।