काठमाण्डौ । एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागि कर्पोरेट पे ल्याउन नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेकोे छ । 

कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्नेे बताईएको छ ।  
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृष्य बदल्दै डिजिटल प्लेटफर्महरुबाट ग्राहक अनुभव अभिबृद्धि गर्ने सेवाहरुमा द्ुत गतिमा प्रगति हासिल गरिरहेको छ । 

हालको प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पु¥याउन एनएमबि बैंकले लागु गरिरहेको धेरै परियोजनाहरु मध्ये एक हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।