काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाको आठौं वाषिक साधारण सभा सम्पन्न भएको छ ।

आज सोमबार संस्थाका सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख  ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
 
कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेको सभामा एनएमबि बैंकको तर्फवाट प्रतिनिधित्व गरेका सञ्चालक  गोविन्द घिमिरेले समेत शेयरधनी समक्ष आफ्रनो धारण राखेका थिए । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागिमात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
 
यसैगरी हाल कायम चुक्तापुँजी ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७  हजार ३२५ रुपैयाँं बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।