काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा आज बुधबार कृष्ण टावर,  नयाँ बानेश्वर, काठमाण्डौमा संचालक समितिका अध्यक्ष  पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ  ।

कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६÷७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।  उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अरबबाट बृद्धि गरी रु.२० अरव पुर्याउने प्रस्ताव पारित गरेको छ ।