काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक केन्द्रित नयाँ योजना प्रस्तुत गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै विभिन्न ब्रान्डेड स्टोरहरुमा सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा ‘दराज’ सँग द्विपक्षीय समझदारी भएको जनाएको छ।

उक्त छुटहरुका लागि बैंकले दराजसँग सहकार्य गरेको छ। जसमा एनएमबिका डेबिट कार्डधारक ग्राहकले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा रु.१ हजारसम्म र क्रेडिट कार्डधारक ग्राहकले २० प्रतिशत वा रु. १ हजार ५०० सम्म छुट पाउनेछन्।

हालको प्रदूषण र कोभिडको परिवेशलाई समेत मध्यनजर गर्दै बैंकले भिजा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि गर्ने तथा समुदायस्तरमा सर्वसाधारण सबैले मूलधारको बैंकिङ महसुस गराउने माध्यमका रुपमा आफूलाई उभ्याएको छ।

बैंकले निकट भविष्यमा विभिन्न थप ब्रान्डहरुसँग सहकार्य गर्दै लैजाने जनाएको छ। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको ‘एनएबि भिजा कार्ड डिस्काउन्ट’ सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

एनएमबि बैंकले हाल देशभर १८० शाखा, १३६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।