काठमाण्डौ । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्घ प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ। 

सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा रु. ६१ लाख ३ हजार ८४१ बीमा दाबी भुक्तानी भइसकेको छ। बैंकले उक्त भुक्तानीे इन्स्युरेन्स पार्टनर शिखर इन्स्युरेन्समार्फत गरेको हो।

आफ्नो स्थापनाकालदेखि नै ग्राहक केन्द्रित भएर काम गरिरहेको बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्यका अनिश्चितताविरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ।

बैंकको तलब खाता योजनामा शून्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्डका साथै ७ लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, कार्ड १० लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ। 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा पुर्याउँदै आइरहेको छ।

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।