काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्।

यस सम्बन्धमा एनएमबि बैंक र बिगमार्टबीच सम्झौता भएको हो। सम्झौतासँगै एनएमबिका ग्राहक र कर्मचारीले यस्तो छुट पाउने भएका हुन्।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा ई–मेल गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकरलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।