काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडी नेक्सनका लागि बेस रेटमा शून्य प्रतिशत प्रिमियमसहित कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङ प्रालिसँग समझदारी गरेको छ। 

यो समझदारी बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत ८ लाख डाउन पेमेन्टमै ८०% फाइनान्सिङसहित २४ घन्टाभित्र कर्जा प्रवाह हुने बैंकले जनाएको छ। नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्सका शोरुमहरुमा अवलोकन तथा “टेस्ट ड्राइभ” का लागि उपलब्ध रहेको छ। 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। थप जानकारीका लागि call@nmb.com.np मा ई–मेल वा ०१–५९७१५० मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। 

यसका साथै इच्छुक ग्राहकले १६६००१५५७७७ नम्बरमा कल गरी वा https://www.tatamotors.com.np/tata-nexon-ev/ मा आफ्नो नाम दर्ता गराई (लग इन गरी) नेक्सन ईभी बुकिङ गर्न सक्नेछन्। 

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।