काठमाण्डौ। एनएमबि बैंक सिंगापुरको एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत ‘ग्रिन डिल अफ द इयर २०२१’ को उपाधिले सम्मानित भएको छ। 

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताका आधारमा एनएमबि बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकका रुपमा सम्मान गरेको हो। आईएफसीसँग सम्झौताअन्तर्गत एनएमबि बैंकले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ। 

एनएमबि बैंकले ग्रिन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरुप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरेबापत प्राप्त गरेको हो। एनएमबि बैंक हाल कार्बन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंकमध्येको एकमात्र बैंक रहेको छ। 

बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकतासहित कागजको प्रयोगलाई न्यूनीकरण गर्दै सोबाट पर्ने पर्यावरण्ीय प्रभावलाई घटाउनका लागि बैंक अग्रसर रहेको छ। ‘एनएमबि बैंक वातावरणमैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौँ’, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने। 

बैंकले देशभरिका १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ। बैंक चार वर्षमा तीनपटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसककेको छ।