काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँ कुल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १२.५ प्रतिशतले हुन आउने २ करोड ४ लाख ७ हजार ४५१.०६६ कित्ता बोनस सेयर र ३.३ प्रतिशतले हुन आउने ५३ करोड ८७ लाख ५६ हजार ७०८.१४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago