काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । 

गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गर्दैछ । 

यस परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् । २५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत रु ५ अर्ब रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल रु. ३.५० अर्बको हुनेछ । 

यो आयोजनासमेत एनएमबि बैंकले हालसम्म कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।