काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश प्रस्ताव गरेको छ।
संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ४५ करोड ३६ लाख १७ हजार ५०० रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ९ करोड ७ लाख २३ हजार ५०० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने ४५ लाख ३६ हजार १७५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिले निर्णय गरेका छन्।
9 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago