काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले आज एनएमबी बैंकलाई ‘एनएमबी इनर्जी बन्ड’ निष्कासन गर्ने अनुमति दिएको हो। 

धितोपत्र बोर्डको अनुमतिसँगै अब बैंकले १ हजार अंकित दरका कुल ३५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। बैंकले कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

एनएमबी बैंकको यो ऋणपत्र १५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन्। 

एनएमबीको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।