काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

बैंक सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। बैठकले बैंकको वार्षिक साधारणसभा आगामी पुस २२ गते आयोजना गर्ने र सभामा लैजाने अजेन्डाहरु तय गरेको छ। 

सभाले विशेष प्रस्तावका रुपमा पेस गरिने गत आर्थिक वर्षका लागि घोषित कुल १५.८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतशत नगद लाभांश (करसहित) रहेका छन्।

सोही सभामा प्रस्तुत गरिने बैंकको वर्तमान जारी पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँलाई वृद्धि गरी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँ पुर्याउने मुख्य अजेन्डा पनि पारित हुनेछ। 

बोनस सेयर जारीपश्चात बैंकको जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुरुप प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।