काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास वितरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८६.४६ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । 

चौथो त्रैमास वितरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा ६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको यही अवधिमा संस्थाले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी २० करोड ७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षममा १६ करोड ५६ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ९ करोड ४८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ११ लाखमात्र रहेको थिो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि १ करोड १३ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष २ करोड ७६ करोड रुपैयाँ रहेको थियो । 

यस अवधिमा संस्थाले १ अर्ब ९६ करोड सापटी लिई ३ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा १ अर्ब ६८ करोड सापटी लिई २ अर्ब १६ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी १४ करोडको हाराहारीमा थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ३१.५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १० करोड आठ लाख जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा १४ करोड ३३ लाख रुपैयाँ पुगेको छ। 

संस्थाको प्रतिसेयर आम्दानी(इपीएस) ३७.६४ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात रु २६.३०, प्रतिसेयर नेटवर्थ रु १८८.४६ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु २१४९.६५ रहेको छ ।